अर्जैका आगलागी पीडित परिवारलाई गाउँपालिका द्धारा राहत वितरण



मंसिर -५ गुल्मी ।

मालिका गाउँपालिका -६ अर्जैका आगलागी पीडित परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ ।
गएराती भएको आगलागी बाट आफ्नो सर्वस्व गुमाएका अर्जै पौवाका ४० वर्षीय मोहोनी लाल भुसालको परिवारलाई राहत प्रदान गरिएको वडा अध्यक्ष शोभाखर गिरीले बताए ।
आज आईतबार गाउँपालिका अध्यक्ष रीत बहादुर थापा सहितको टोलीले पीडित परिवार समक्ष पुगि चामल,दाल, नुन, तेल लत्ताकपडा तथा त्रीपाल प्रदान गरेको छ । ६ जनाको परिवार रहेको उक्त परिवारलाई तत्कालको आधारभुत आवश्यक पुरा गरिदिएको र थप राहतको लागी गाउँपालिकाले प्रक्रिया अगाडी बढाएको वडा अध्यक्ष गिरीले बताए ।

गएराती करिब १० बजेको समयमा आगलागी हुदाँ मोहोनी भुसालको घर, कटेरो जलेर नष्ट भएको थियो । घर ,कटेरो सहित लत्ताकपडा , अन्न पात जलेर नष्ट हुदाँ ८ लाख बराबरको क्षेती भएको वडा कार्यालयले जनाएको छ ।

साथै माहोनी भुसाल र उनका भाई खिमलाल भुसाल अपांग (आँखा नदेख्ने) र परिवारको आर्थीक अवस्था कम्जोर भएकाले  सहयोग गर्न स्थानीयले अपील गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता