सामुहिक कृषि प्रणालीलाई प्रोत्साहन गर्दै वामी कृषि सहकारी !



 

सागर भण्डारी,गुल्मी । वामी कृषि सहकारी संस्थाले सामुहिक कृषि प्रणालीलाई प्रोत्साहन गर्ने भएको छ ।

मुसिकोट नगरपालिकाको वडा नं ७ र ८ मा सञ्चालित सहकारीले यस क्षेत्रमा रहेका कृषकहरुसगं सहकार्य गरी उत्पादनमा वृद्धिसगैं कृषि क्षेत्रमा आकर्षण बढाउन सामुहिक कृषि प्रणाली कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

सहकारीको आठौँ वार्षिक साधारण सभाले उक्त कार्यक्रम सञ्चालन गर्ने निणर्य गरेको हो । त्यस्तै बजारीकरणको समस्या समाधान गर्न नगरपालिकासगं समन्वय गरेर कृषिजन्य उपजको खरिद विक्री गर्ने र उत्पादित वस्तु सकंलन गर्ने नीति समेत सहकारीले लिएको छ ।

साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष तेजनारायण सापकोटाले ऋण प्रवाह गर्दा व्यवसायिक कृषि तथा पशुपालनलाई प्राथमिकता दिने र त्यसको नियमित अनुगमन समेत गरिने बताउनुभयो ।

त्यस्तै आगामी वर्ष सहकारीबाट ऋण लिएर उत्कृष्ट व्यवसाय सञ्चालन गर्ने कृृषकलाई सम्मान गर्ने, नगरपालिकासगं समन्वय गरी सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने र बचत सकंलनलाई थप व्यवस्थित गराउने बताउनुभयो ।

सभामा संस्थाका कोषाध्यक्ष चन्द्र बहादुर घर्तीले १५ लाख २३ हजार १ सय ९८ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

२ सय ७८ शेयर सदस्य आवद्ध सहकारीले हाल विपतको समयमा पनि सुपथ मुल्यमा कृषकहरुलाई रासायनिक मल वितरण गर्ने, कृषकहरुलाई सुपथ मुल्यमा कर्जा प्रवाह गर्ने, नियमित बचत सकंलन गर्ने लगायतका कार्य गर्दै आईरहेको छ ।

आगामी आर्थिक वर्षमा थप व्यवस्थित र सक्रिय भई कृषकहरुको पक्षमा काम गर्न केही नयाँ कार्यक्रम सार्वजनिक गरिएको संस्थाका अध्यक्ष सापकोटाले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरपालिकाका कृषि शाखा प्रमुख जनक पौडेलले सहकारीको मर्म र भावनालाई आत्मसाथ गर्दै कृषकहरुका समस्या समाधान गर्न नगरपालिकासगं सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्नुभयो । साथै उहाँले कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढाउन नयाँ कार्यक्रमहरु ल्याउन आवश्यक रहेको पनि बताउनुभयो ।

सहकारीका अध्यक्ष तेजनारायण सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा नगरपालिकाका कृषि प्राविधिक टोप बहादुर ओली, वामी विश्व सम्पर्क मञ्चका अध्यक्ष ज्ञानेश्वर काफ्ले, रुद्रावती बहुमुखी क्याम्पस सञ्चालक समिति उपाध्यक्ष तेजेन्द्र जिसी,वामी विश्व सम्पर्क मञ्चका सचिव डिलाराम खराल, रेडियो पुष्पाञ्जलीका सचिव सुन्दर प्रधान लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सचिव राजन सापकोटाले गर्नुभएको थियो । संस्थाको ८ औँ साधारण सभा वडा नं ८ मा शुक्रवार सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता