सवारी दुर्घटनामा एकको मृत्यु !



फागुन १६ नवलपुर ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ कैलाश चोक नजिक गएराति ट्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख अर्जुन रानाका अनुसार देवचुली १३ कैलाश चोक देखि एक सय मिटर दक्षिण भित्रि सडक खण्ड अन्र्तगत दलदले चोकबाट उत्तरतर्फ जाँदै गरेको लु ३ त ४८३३ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको ना ५५ प ३१६४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गैडाकोट १५ निवासी २१ बर्षीय दिनेश गुरुङको निधन भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते चालक दिनेश गुरुङ र मोटरसाइकलमा सवार गैडाकोट १५ बस्ने १९ बर्षीय प्रितम गुरुङ गम्भिर घाइते भएकोमा चालक गुरुङको उपचारको क्रममा विहीबार राति पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।
अर्का घाइते प्रितम गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । ट्याक्टर, मोटरसाइकल र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता