गुल्मीमा रातारात काठ तस्करी !



भुवन भुसाल, साउन १५ गुल्मी । 

गुल्मीको छत्रकोटमा रातारात काठ तस्करी भएको भेटिएको छ । भेडुवा बजार बाट राम मन्दिर जाने बाटोमा पर्ने सामुदायिक जंगलमा केही रुख जरैबाट ढालिएको र केही ढालीएको फेला पारिएको हो । छत्रकोट ३ चोयगा देबपुरीमा मध्यरातमा २० भन्दा बढी सल्लाका रुख ढोजर लगाएर ढाली गोलिया तस्करी गरिएको छ ।

स्थानीय कृष्ण टन्डनका अनुसार राती ढोजर लगाएको स्थानीयले देखेर खबर गरेपछी हेर्न आयौं , आउँदा २०/२२ सल्लाको बोट ढालीएको छ कस्ले रातारात काट्यो कसैलाई थाहा छैन । छत्रदेबी हरियाली सामुदायिक बन उपभोक्ता समितिका सचिब बिष्णु पन्त पनि तस्करीको खबर पाएपछी अनुगमनमा पुगे । अनुगमनमा पुगेका सचीव पन्तका अनुसार बन समिती सङ्ग कसैले सल्लाह गरेको छैन , जङ्गलका केही सल्लाहरुमा अंक पनि लेखिएको छ तर यो सब कस्ले गर्यो समिती र स्थानीयलाई थाहा छैन ।

काटिएका सल्लाका अधिकांस गोलिया तस्करले लगेका छन भने केही गोलिया सोही जंगलमा छोडेका छन । रातभर काठ काटेर ट्याक्टरमा लोड गरेर लगेको र काम नसक्दै उज्यालो भएकाले केही काठ रहेको हुनसक्ने स्थानियले अनुमान गरेका छन ।

“काठ तस्करी भएको बारे डिभिजन बन कार्यालय गुल्मीमा खबर पनि गरिएको छ, अब स्थलगत अनुगमन पछि अझै खबर पुर्याउछौं , बन कार्यालयले अगाडि केही गर्ला ” समिती सचिव पन्तले भने । डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले के रहेछ बुझ्न अधिकृत सहितको टोलि पठाएको र अनुसन्धान पछि दोषीलाई बन ऎन अनुसार मुद्दा चलाउने प्रतिबद्धता व्यक्त गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता