इस्मा गाउँपालिकाका प्रधानाध्यापकहरुको बैठक सम्पन्न



फागुन -२४ ।

गुल्मीको इस्मा गाउँपालिकाका प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टको अध्यक्षतमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले कार्यतालीका बनाएर अगाडी बढ्ने, समयमै यस शैक्षिक सत्रको पठनपाठन सक्ने , दोस्रो चौमासिक तलब भुक्तानी गर्ने, गाउँपालिकाको तर्फ बाट सिकाई अनुदानको लागी छुटा्ईएको रकम विद्यालयको दरबन्दी र विद्यार्थी संख्याको आधारमा रकम विनियोजन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकमा शैक्षिक गुणस्तर वृद्धी, आन्तरिक तथा आगमी रणनीतिको बारेमा समेत व्यापक छलफल भएको थियो ।
बैठकमा इस्मा गाउँपालिका भित्रका ४३ वटा विद्यालयका पधानाध्यापक तथा प्रतिनिधि , गाउँपालिकाका उपाध्यक्ष बिमला खत्री , प्रमुख प्रशासकिय अधिकृत विष्णु धर्ती लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालन इस्मा गाउँपालिकाका शिक्षा शाखाका प्रमुख लाल बहादुर कुवंरले गर्नु भएको थियो ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता