गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि



गोकर्ण पाण्डे गुल्मी।

गुल्मीमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।एन्टिजेन परिक्षाण गर्दा ३२ जना पिसिआर परिक्षण गर्दा ५ जना मा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।

जिल्लाको रेसुङा नगरपालिकामा दुई जना,मुुसिकोट नगरपालिकामा दुई जना,रुरुक्षेत्र गाउँपालिकामा १४ जना,कालीगण्डकी गाउँपालिकामा छ जना,सत्यवति गाउँपालिकामा चार जना,छत्रकोट गाउँपालिकामा तीन जना,मालिका गाउँपालिकामा तीन जना,मदाने गाउँपालिकामा एक जना, इस्मा गाउँपालिकामा एक जना,धुर्कोट गाउँपालिकामा एक जना गरि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ४ सय ५५ पुगेको छ।गुल्मीमा दोस्रो कोरोना लहरका कारण गुल्मीमा ९१ जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यही असार ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता