गुल्मीमा आईतवार २१ जनामा कोरोना संक्रमण पुष्टि , ५६ जना कोरोना संक्रमण मुक्त



गोकर्ण पाण्डे ,जेठ -१६ ,गुल्मी।

गुल्मीमा आईतवार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा २१ जना संक्रमित देखिएका छन्।
जिल्लाको रेसुङा नगरपालिकामा दुई जना,सत्यवती गाउँपालिकामा १३ जना,छत्रकोट गाउँपालिकामा एक जना,रुरु गाउँपालिकामा एक जना,इस्मा गाउँपालिकामा एक जना, चन्द्रकोट गाउँपालिकामा दुई जना, धुर्कोट गाउँपालिकामा एक जना,गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।यो सगै गुल्मीमा कोरोना सकृय संक्रमितको सख्या छ सय २९ रहेको छ।
त्यस्तै,पछिल्लो २४ घण्टामा थप ५६ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल एक हजार चार सय ९० जना कोरोना जितेर घर फर्किएका छन्। दोस्रो कोरोना लहरका कारण गुल्मीमा अहिले सम्म मृत्यु हुनेको संख्या ७६ पुगेको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता