अब रेवतीले पनि पाउनेछिन् अपाङ्ग भत्ता ।



गुल्मी अपडेट,माघ १९ गुल्मी । नागरिकता हराएर विगत दुइ वर्ष देखी अपाङ्ग भत्ता पाउन बाट बञ्चित भएकी ५८ वर्षीया रेवती चंन्दलाई स्थानीय युवा शुशिल चंन्दले उद्दार गरेका छन ।

मदाने गाउँपालिका वडा नम्बर १ कि रेवती चंन्दलाई सोही वडाका युवा तथा नेपाली काङ्ग्रेसका वडा सभापति समेत रहेका चंन्दले सक्रियता देखाउदै नागरिकता दिलाउनमा महत्वपूणर् भुमिका निर्वाह गरेका हुन ।

आर्थिक अभावसंगै अशक्त भएका कारण सदरमुकाम तम्घाससम्म आई नागरिकता बनाउन सक्ने अवस्था नरहेपछि सोमबार चंन्दले सम्पूणर् खर्च व्यहोर्दै आफैले सदरमुकाम ल्याई नागरिकता बनाउन सहजता प्रदान गरेका हुन ।

नागरिकताको प्रतिलिपी पाएपछि रोकिएको भत्ता पाउने बताउदै रेवती चंन्द हर्षित भएकी छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता