सामुहिक कृषी पेसा तर्फ अग्रसर हुदै गुल्मीका युवाहरु



डिबि खड्का माघ २९ गुल्मी ।
परम्परागत रुपमा गरिदै आएको कृषी बाली प्रणाली बाट किसानहरु सन्तृष्ट हुन नसकेपछी पछिल्लो समयमा किसानहरु सामुहिक रुपमा आधुनिक कृषी पेसा तर्फ अग्रसर बन्दै जान थालेका छन् ।
गुल्मीको धुर्कोट गाँउ पालिका वडा नम्वर सातका केही युवाहरुले आधुनीक तथा सामुहिक कृषी पेसा सुरु गरेका छन् । परम्परागत जिवननिर्वाह मुखि खेतीप्रणलीलाई त्याग्दै उनिहरुले अहिले २०० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती ,कुखुरा र बाख्रापालन व्यवसाय सुरु गरेका छन् । अहिले उनिहरुको कृषी तथा पशु फर्ममा एक हजार लेयरस जातका कुखुरा र ४० वटा स्थानीय खरी जातका बाख्रा रहेका छन् ।

लामो समय सम्म प्रदेश बसेका युवाहरुले आफनै गाँउ ठाँउमा केही गर्ने उद्देश्यले कृषी पेसा लाई अन्गांलेको उनिहरु बताउछन् । तीस लाख लगानी बाट सुरु गरिएको कृषी जन्य र्फम बाट उनिहरुले मासिक तीन लाख भन्दा बढी आम्दानी हुने कृषक नारायण गिरि बताउछन् ।
स्थानीय सरकार बाट सहयोगको अपेक्षा राख्दै आगमी दिनमा फर्मलाई विस्तार गर्ने र किबि खेती गर्ने उद्देश्य रहेका अर्का कृषक भविश्वर गिरि बताउछन् ।
उनिहरुले उत्पादन गदै आएको तरकारी मासु तथा अण्डा धुर्कोट गाँउ पालिका संगै छिमेकी स्थानीय तह मालिका गाँउ पालिका र मदाने गाँउ पालिकामा समेत खपत हुने गर्दछ ।
स्थानीय तहबाट पनी किसानहरुलाई सक्दो सहयोग गरिरहेको धुर्कोट गाँउपालिकाको दावी छ । कृषकलाई आधुनिक र व्यवसायीकरण गर्ने आफुहरु लागी परेको गाँउ पालिकाका अध्यक्ष भुपाल पोखे्रलले बताए ।
लमो समय सम्म प्रदेश बसेर स्वदेशमै केही गर्ने हेतुले कृषी व्यवसाय सुरु गरेका युवाहरुले पैसा मात्र कमाएका छैन् कृषीलाई आधुनिकरण र व्यवसायीक बनाउन समेत मद्धत पुराएका छन् । पक्कै पनि स्थानीय सरकारले पनि किसानहरु लाई सहुलिय तथा बजारीकरणको ग्यारेन्टी गर्ने हो भने किसानमा उसाह छाउनुका साथै उत्पादनमा समेत वृद्धी हुने थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता