गुल्मीदरबार गाउँपालिका द्धारा ज्येष्ठ नागरिक सम्मानित



असोज -१५ गुल्मी ।

गुल्मी दरबार गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
३१ औँ अन्तरराष्ट्रिय  ज्येष्ठ नागरिक दिवसको अवसरमा गाउँपालिका भित्रका ४७ जना ज्येष्ठ नागरिकलाई सम्मान गरीएकोे प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले बताए ।
ज्येष्ठ नागरिकलाई तातो पानी पिउनको लागी थरमस  र कोभिड १९ बाट बच्नको लागी आवश्यक स्वास्थ्य सामाग्री  प्रदान गरि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

आफ्नो घर आगनमै आएर स्थानीय सरकारले सम्मान गर्दा ज्येष्ठ नागरीक पनि हर्षीत भएका छन् ।
गुल्मी दरबार गाउँपालिका ज्येष्ठ नागरिकको साथमै रहेको र गाउँपालिकाले यो वर्ष देखी “ज्येष्ठ नागरिक संग गाउँपालिका “नामक कार्यक्रम समेत सञ्चालन गर्ने लक्ष्य राखेको गाउँपालिकाले प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताए ।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अक्टोबर एक तारिख अर्थात आजकै दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ । यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ तय गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता