गुल्मीदबार गाउँपालिकाले लागु गर्यो कक्षा १ देखी ३ सम्म स्थानीय पाठ्यक्रम



तीलाचन पाण्डे -भदौ २५ गुल्मी ।

गुल्मीदरबार गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गरेको छ ।
गाउँपालिकाको बस्तु स्थिती झल्किने गरी कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरिएको र कक्षा १ को पाठ्यपुस्तक छपाई गरी लागु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

आगामी शैक्षिक सत्रमा कक्षा ३ सम्मको पाठयपुस्तक छपाई गरी गाउँपालिका भित्रका सामुदायिक र संस्थागत गरी ४२ वटा विद्यालयमा निशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराई स्थानीय पाठ्यक्रम लागु गरिने पाण्डेले जानकारी दिए ।
कक्षा ३ सम्मको पाठ्यक्रम पनि गाउँपालिकाले निर्माण गरिसकेको जनाएको छ । यस्तै गाउँपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठयक्रम लागु गर्ने गरी योजना बनाएको जनाएको छ ।
स्थानीय पाठ्यक्रममा गुल्मीदरबार गाउँपालिका भित्रका स्थानीय सम्पदाहरु,स्थानीय आर्थिक क्रियाकलाप र प्रबिधि, सामाजिक मूल्य मान्यता र जीवनउपयोगी सीप, स्वास्थ्य तथा वातावरणीय सरसफाई, विकासका पूर्वाधार र विपद् जोखिम न्यूनिकरण तथा ब्यबस्थापनका बारेमा स्थानीय पाठयक्रममा समावेश गरिएको पाण्डेले बताए ।

 

यसरी स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयहरुमा लागु गर्दा विद्यार्थीहरुले पालिकाको बारेमा बिस्तृत रुपमा जान्ने मौका समेत प्रदान हुने गाउँपालिकाले जनाएको छ । विद्यार्थीहरुले स्थानीय स्तरमा धार्मिक ,सांस्कृतिक र पालिकाको पहिचान संगै स्थानीय सरकारले गरेका कार्यहरुको बारेमा पनि जान्ने र बुझने भएकाले स्थानीय पाठ्यक्रमलाई जोड दिइएको गाउँपालिकाले जनाएको छ ।

कक्षा एकको पाठयपुस्तकलाई बिमोचन गर्दै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले अबको शिक्षालाई ब्यबहारिक बनाउनुपर्नेमा जोड दिए । स्थानीय पाठ्यक्रमले समग्र शिक्षा क्षेत्रलाई नै चलायमान बनाउनका लागि मत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले स्थानीय पाठ्यकम निर्माण गरी लागु गर्नु राम्रो बिषय भएको भन्दै गाउँपालिकालाई धन्यबाद ब्यक्त गरे ।

 

यस्तै शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख लोकनाथ मरासिनीले पाठ्यक्रम र पाठयपुस्तकमा समाबेश भएका बिषयबस्तुहरु उपयोगी र गाउँपालिकाको वस्तु स्थिती झल्किने खालको भएको बताए ।
यस अघि धुर्कोट गाउँपालिकाले कक्षा एक देखि पाँच सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरिसकेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता