गुल्मीको अर्जैकी ८३ वर्षीया वृद्धाले जितिन् कोरोना !



असार २६ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका -६ अर्जैकी ८३ वर्षीया वृद्धा कुमारी विष्टले कोरोना जितेकी छन् ।

समुदाय स्तरमै पुगेर गएको असार १० गते कोरोना परिक्षण गर्दा उनको एन्टीजोन संगै पिसिआर रिर्पोट पोजेटिभ आएको थियो । केही दिन घरमै उपचार गरेतापनी खाना नमिठो तथा श्वास फेर्न गाहोे भएपछि असार १६ गते अर्जै स्थित् कोभीड १९ अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालको राम्रो स्वास्थ्य सेवाले आफ्ुले छिटै कोरोना जित्न सफल भएको ८३ वर्षीया वृद्धा  विष्टले बताईन ।

कोरोना लाग्दैमा नआतीन उनले सबैलाई आग्रह समेत गरेकी छन् । आत्मबल दरो बनाए सजिलै कोरोनालाई परास्त गर्ने सकिने उनको भनाई रहेको छ ।
उनि सहित शनिवार कोभिड १९ अस्पताल अर्जै बाट मालिका गाउँपालिकाका चार जनाले कोरोना जितेर घर फर्किएको वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता