एसईईको पहिलो दिन आज गुल्मीमा ८१ जना विद्यार्थी परिक्षामा सहभागी भएनन् !



गुल्मीमा शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिनको परीक्षामा ८१ जना विद्यार्थी अनुपस्थित भएका छन् । परिक्षामा सहभागि हुनु पर्ने  विद्यार्थीको संख्या चार हजार ९२३  जना थियो, त्यसमध्ये आज पहिलो दिन ४ हजार ७२० जना विद्यार्थी सहभागि भएका छन्, शिक्षा विकास तथा समन्वय इकाई कार्यालय गुुल्मीका प्रमुख  लोकनाथ मरासीनीले भने–‘ नियमिततर्फ ७५ जना र ग्रेड बृद्धि तर्फ ६ जनासहित ८१ जना विद्यार्थी अनुपस्थित भएको रिर्पोट प्राप्त भएको छ । ’ उनका अनुसार गुल्मीमा ग्रेड बृद्धिको परीक्षा दिने २३ जना छन् ।

जिल्लामा परीक्षा शान्तिपूर्वक र मर्यादित ढंगबाट भएको प्रमुख मरासीनीको भनाइ छ ।  एसईईमा सहभागी हुने जिल्लाका १४० वटा विद्यालय  रहेका छन् । जसमा १६ वटा प्राविधिक  विद्यालय छन् । यस वर्षको एसईईमा गुल्मीदरबार गाउँपालिका चारपालाको ठुलापोखरा माध्यमिक विद्यालय थपिएको छ । उक्त विद्यालयबाट १४ जना परीक्षार्थी रहेका छन् ।

यस्तै १५ जना विद्यार्थी एसईई दिनबाट वञ्चित भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका तथा आवेदन फारम भरेर पनि राजस्व नबुझाएका कारण विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएको प्रमुख मरासिनीले बताए । जिल्लाका विभिन्न  परीक्षा केन्द्रको अनुुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौड्यालले आफूले अनुगमन गरेका परीक्षा केन्द्रमा परीक्षा शान्त र मर्यादित भएको बताए ।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा संचालन हुने विद्यालयको प्रधानाध्यापक स्वतः केन्द्राध्यक्ष हुने व्यवस्था छ ।-स्रोत रातोपाटी

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता