उद्यमीलाई सहुलीयत कर्जा ,नेपाल बैंक लिमिटेड र मुसिकोट नगरपालिका बीच सम्झौता



सागर भण्डारी, कात्तीक २६ गुल्मी ।

नेपाल बैंक लिमिटेड र गुल्मीको मुसिकोट नगरपालिका बीच सम्झौता भएको छ । उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

“मुसिकोट नगरपालिका र नेपाल बैंक लिमिटेड बिच सहुलियतपूणर् कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो ।” नगरपालिकाका मेयर सोमनाथ सापकोटाले भने,“नगर सरकार र बैंक बिच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।” नगरपालिकाले उद्यम गर्न चाहने नागरिकहरुलाई मध्यनजर गर्दै सहुलियतपूणर् कर्जाको लागि बैंक सँग सम्झौता गरेको जनाएको छ ।

“सम्झौता अनुसार नगरपालिकाले ब्याज सहुलियतका लागि केहि रकम बैंकमा धरौंटीको रुपमा राख्ने छ ।” नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका प्रमुख पासाङ दोर्जे शेर्पाले भने,“बैंकले नगरपालिकाको सिफारिसमा उद्यम गर्न चाहनेहरुलाई सहुलियत ब्याजदर वा निःशुल्क व्याजदरमा कर्जा प्रवाह गर्ने छ ।”

उद्यम गर्न चाहनेहरुका लागि नेपाल सरकारका विभिन्न कार्यक्रम तथा नगरपालिकाको समेत सहयोगमा सहुलियत दरमा ऋण प्रवाह गर्न लागेको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा २० करोड ऋण रकम प्रवाह गर्ने योजना रहेको र प्रत्येक वडाबाट छनौटमा पर्ने इच्छुक व्यक्तिहरुलाई बैंक मार्फत ऋण प्रवाह गरिने नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए ।

बैंकले उद्यम गर्न चाहेको प्रकृति अनुसार प्रतिव्यक्ती १५ लाख बढीसम्म सहुलियतपूणर् कर्जा प्रवाह गर्न सक्ने र उद्यमीका लागि दिइने कर्जामा कुनै पनि सेवा शुल्क नलाग्ने बैंक वामीटक्सार शाखाका प्रमुख राजु अर्यालले बताए । सो सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख सोमनाथ सापकोटा र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका प्रमुख पासाङ दोर्जे शेर्पाले हस्ताक्षर गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता