एमाले घाट जाने बेला भएर नदी किनार चाल्दै छ: पुर्व मन्त्री बराल



मङ्सिर- १२ गुल्मी ।

नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्रका नेता सुदर्शन बरालले नेकपा एमाले घाट जाने अबस्थामा पुगेकाले नदी किनार चाल्दै हिंडेको बताएका छन् ।
शनिबार नेकपा माओवादी केन्द्र मालिका गाउँपालिकाको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
मान्छे नदिका घाटमा जाने भनेको अन्तिम अबस्थामा हो । नेकपा एमाले अहिले अन्तिम अबस्थामा छ । त्यसैले उ नदि किनार खोज्दै नारायणी नदी किनारमा पुगेको छ । एमाले घाट अचानक नगएको तर्क गर्दै उनले भने “दुई/ दुई पटक सम्म संसद विघटन, कोभिड महामारीमा पनि कमिशनको खेल, नेकपा फुटाउने, पाटीका ईमानदार नेता तथा कार्यकर्ता धपाउने खेल बाट एमालेको घाट जाने अभियान चलेको छ ।

त्यस्तै उनले एमालेको लोगो गैडाले उचालेको प्रति पनि तिखो व्यंग्य प्रहार गरेका छन । विश्वमा दुर्वल हुँदै गएको गैडाले लोप हुँदै गएको एमालेलाई उचालेको बताए । लोप हुँदै गएको एमालेलाई उचाल्ने ,बोक्ने भनेकै लोपोन्मुख गैडाले हो यसमा कुनै आश्रर्य मान्नु पर्दैन ।

फरक प्रसङ्गमा पुर्व प्रदेश मन्त्री समेत रहेका बरालले नेकपा माओवादीले मात्रै देशको हितमा रहेको दावी गरेका छन । एमसिसिको उदाहरण दिदै सबै दल पास गर्नु पक्षमा देखिए पनि नेकपा माओवादी पाटी र अध्यक्ष प्रचण्डले मात्रै देशलाइ अहित हुने बुँदा संसोधन गरेर मात्रै अगाडी बढाउनु पर्छ भन्ने दम प्रचण्डमा मात्रै रहेको उनको जिकिर थियो ।

साथै दश वर्षे जनयुद्धमा आधार ईलकाका रूपमा मालिका गाउँपालिका क्षेत्र रहेको बताउदै । यहाँका हरेक जनताको घरदैलोमा पुगेको स्मरण गर्दै माओवादीले गरिब दुखी जनताको लागी विभिन्न कार्यक्रम अघि सारेको दावी समेत बरालले गरे।
गरिब जनताकै लागी भनेर २० युनिट सम्म बिद्युत नि शुल्क उपलब्ध गराउने पाटी पनि माओवादी रहेको उनको भनाई थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता