रुरु क्षेत्रमा यदु ज्ञवालीका मुख्य एजेन्डा :कृषि, पशुपालन ,गुणस्तरीय शिक्षा र रोजगारी



बैशाख २३ गुल्मी ।

गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा गठबन्धनको तर्फ बाट अध्यक्ष पदमा साझा उम्मेदवार बनेका माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीले आफ्नो मुख्य एजेन्डा भनेको पशुपालन , कृषि ,शिक्षा र रोजगारी भएको बताएका छन् ।
सामुदायिक रेडियो स्काई बाट प्रशारण हुने निर्वाचन विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
हाम्रो मुख्य काम भनेको विकास र समृद्धि हो तर विकास र समृद्धिलाई अगाडि सारिरहदा २/३ वटा प्रश्नहरुमा हामी संग छन । उनले भने ती प्रश्नहरु हुनू “एउटा पुर्वाधार विकास र अर्को रोजगारी ” त्यसकारण हामीले पुर्वाधार विकास संगै रोजगारीलाई प्राथमिकतामा राखेका छौँ । कसरी धेरै भन्दा धेरै रोजगारीका अवसर सिर्जना गरेर गाउँका युवा संगै अन्य नागरिकलाई रोजगारी दिएर गाउँमै राख्न सकिन्छ भन्ने मा हामी लागेका छौ । रोजगारी सिर्जना गर्नको लागि आर्थिक व्यवस्थापन गर्दै कृषि तथा पशुपालनका योजना अगाडी बढाउने र कृषि र पशुपालन बाटै रोजगारी सिर्जना गर्ने उनले बताए । साथै कृषि ,पशुपालनले रोजगारी प्रदान गर्ने र रोजगारीले गाउँको समृद्धि हुने ज्ञवालीको बुझाई रहेको छ ।

त्यस्तै शिक्षा समाजको मेरुदण्ड रहेको बताउदै गुणस्तरीय शिक्षाकै लागि मानिसहरु बसाइँसराइ सर्ने समस्या रहेको उल्लेख गर्दै शिक्षालाई गुणस्तरीय बनाउने आफ्नो योजना रहेको सुनाए ।
साथै प्रतिपक्षको बलियो जनाधार मानिने त्यस क्षेत्रमा कसरी जित सम्भव होला त भन्ने प्रश्ननमा उनले भने “जनताका कसैको पेवा होईन ,जनता सधैभरी एउटै दलको झण्डा मुनि बस्दैन जनताले यस भन्दा अघि पटक -पटक जिताएका मान्छेले धोका दिए तर महिले २०७४ सालको चुनाव हारे पनि रुरु क्षेत्र गाउँपालिकाका जनताको विकास र समृद्धिको लागी अनवरत रुपमा घटेको स्मरण गर्दै यस पटक यहाँका जनताले मत दिनेमा आफू विश्वस्त रहेको ज्ञवाली उल्लेख गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता