मालिका गाउँपालिकामा बन्यो आकर्षक हेलिप्याड !



२८ मङ्सिर, गुल्मी ।

मालिका गाउँपालिकामा आकर्षक हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ४ अर्खबाङको देउराली डाँडा नजिकै हेलिप्याड निर्माण गरिएको हो ।

विपद प्रतिकार्य योजना स्वरुप हेलिप्याडको निर्माण गरिएको गाउँपालिकाका सुचना अधिकृत जगत पौडेलले बताए । १ सय ७६ वर्ग मिटर क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको छ भने हेलिप्याड परिसरले ५ सय २८ वर्ग मिटर क्षेत्रफल ओगटेको छ ।

आठ लाख ७९ हजार तीन सय ४५ रुपैयाँ लागतमा अत्याधुनिक प्रविधिसहित रात्रिकालीन उडान र अवतरण हुने गरि हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए ।

आर्थिक वर्ष २०७७ र ०७८ मै सम्पन्न हुनुपर्ने योजना कोभिडका कारण यो वर्ष सम्पन्न भएको हो । प्राकृतिक विपत्तिको सामना र विपत्तिपछिको सहज राहत तथा उद्धारको लागि हेलिप्याड निर्माण गरिएता पनि निर्माणाधीन मालिका पिस पार्क र प्याराग्लाइडिङ उडान गरिने क्षेत्रसङै रहेकाले पर्यटन पर्वद्धनमा पनि टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता