मालिका गाउँपालिकाको वडा नम्वर ८ मर्भुङ पुर्ण सरसफाई उम्मुख वडा घोषणा हुदैं



माघ -६ गुल्मी ।

गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाका तीन वटा वडालाई यस आर्थीक वर्षमा पुर्ण सरसफाई उम्मुख वडा घोषणा गर्ने लक्ष्यका साथ आवश्यक कार्यहरु तिव्रताका साथ अगाडी बढाएको छ । जसमध्ये वडा नम्वर ८ मर्भुङ पनि रहेको छ । सो वडालाई समयमै पुर्ण सरसफाई उम्मुख वडा घोषणा गर्नेको नीम्ती विभिन्न कार्यहरु अगाडी बढाइएको वडा अध्यक्ष टिका जिसीले जनाकारी दिए ।

वडा भित्र १२ वटा वातावरणीय सरसफाई तथा स्वाच्छता समिति गठन गरिने र आज एक वटा समिति विस्तार गरिएको छ । जसमध्ये आज साविकको वडा नम्वर पाँच हुलमा वडा सदस्य पिताम्वर पौडेलको अध्यक्षतमा २१ सदस्यीय वातावरणीय सरसफाई तथा स्वाच्छता समिति गठन गरिएको मर्भुङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी शुसिल अर्यालले जानकारी दिए । अन्य टोलमा पनि क्रमश समिति विस्तार गर्ने वडा ले जनाएको छ ।
यस भन्दा अघी वडा स्तरीय वातावरणीय सरसफाई तथा स्वाच्छता समिति गठन गरिसकिएको छ । भने सोही अनुसार जिम्मेवारी समेत बाँडफाड गरिएको छ ।
मालिका गाउँपालिकाले यस आर्थीक वर्षमा वडा नम्वर ८ मर्भुङ सहित , वडा नम्वर ६ अर्जे र वडा नम्वर चार अर्खबाङ्ग लाई पुर्ण सरसफाई उम्मुख वडा घोषणा गर्ने लक्ष्य लिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता