बेपत्ता भएकी गुल्मीकी तीन वर्षीया बालिका मृत फेला !



भदौ -२७ गुल्मी ।

शनिबार बिहान देखी बेपत्ता भएकी गुल्मीकी तीन वर्षीया बालिका मृत फेला परेकी छन । जिल्लाको मदाने गाउँपालिका- २ बाझकटेरी कि तीन वर्षीया आयुषा पोख्रेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

घर नजिकै करिब ५०० मिटरको दुरीमा झाडिमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी (डिएसपी) पुरुषत्तम पाण्डेले जानकारी दिए । घटना स्थल तर्फ इलका प्रहरी कार्यालय पुर्कोट दहको टोली प्रस्थान गरेको र आवश्यक परे जिल्लाको टोली समेत जान सक्ने उनले बताए ।

उनि शनिबार (हिजो) हजुरआमा सङ पञ्चमीको पुजामा गए देखी परिवार सङ सम्पर्क बिहिन भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता