उज्यालो कृषक समुह मालिका-८ मरभुङ्ग द्धारा सामाजिक लेखापरीक्षण



असोज -८ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका ८ मरभुङ्गमा रहेको उज्यालो कृषक समुहले सामाजिक लेखापरीक्षण सम्पन्न गरेको छ । समुहका उपाध्यका टेकराज घिमिरेको अध्यक्षतामा बसेको भेलाले २८ लाख ७६ हजार १ सय ४५ रुपैयाँँ बराबरको आय व्यय प्रस्तुत गरेको हो।
जसमा आम्दानी तर्फ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन ईकाइ गुल्मीबाट चक्लाबन्दीको लागी ५० प्रतिशत अनुदान ९ लाख १९हजार ९सय ४५,सिचांईको लागी २ लाख ८१ हजार ५ सय ४१, गाउँपालिकाबाट प्राप्त अनुदान २ लाख ८७ हजार ४ सय ११ गरी १५ लाख ९ सय ७४ रुपैयाँ अनुदान प्राप्त भएको छ ।

त्यस्तै उज्यालो कृषक समुहबाट कृषकले रकम १३ लाख ७५ हजार १ सय ७१ रुपैयाँ खर्च व्यहोरेकोको समुहका अध्यक्ष जिबलाल घिमिरेले बताए । मालिका गाउँपालिकाको वडा नम्वर आठ किसानटारीमा अघिल्लो आर्थीक वर्ष देखी चक्लाबन्दी विधि बाट खेती थालिएको छ । कृषीमा यान्त्रीकरण र उत्पादनमा वृद्धी गर्ने उदेश्यले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन ईकाइ गुल्मी र गाउँपालिकाको साझेदारीमा चक्लाबन्दी विधि बाट खेती सुरु गरिएको छ । एक सय १२ रोपनी जग्गामा त्यहाँका १२ किसानले सामुहिक रुपमा कृषी खेती गर्दे आएको स्थानीय पिताम्वर घिमिरेले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता