गुल्मी समाज जापानको अध्यक्षमा अधिकारी चयन



कात्तिक ११ गुल्मी ।
प्रेम सुनार ।

गुल्मी समाज जापानको चौथो अधिवेशन सम्पन्न भएको छ । कार्य समिति तर्फ अध्यक्ष पदमा गुल्मीको ईन्द्रेगौडा निवासी महेन्द्र कुमार अधिकारी सर्व सम्मत चयन भएका छन् । जापानको विभिन्न प्रान्त र विभाग हेर्ने गरि उपाध्यक्ष ७ जना निर्वाचित भएका छन् ।

निर्वाचित हुनेहरुमा दयाराम खरेल, बाबुराम खरेल, टिकाराम खरेल, रामप्रसाद ढकाल, फर्शुराम न्यौपाने, रामप्रसाद गौतम र लक्ष्मी महार्जन केसी रहेका छन् । त्यस्तै संगिता कुँवर महासचिवमा निर्वाचित भएकी छन् ।

सचिव पदमा कृष्णप्रसाद पोखरेल, दिलिप थापा , शिसिर न्यौपाने ,नेत्र पाण्डे र सुधीर भण्डारी निर्वाचित भएका छन् । कोषाध्यक्षमा जितेन्द्र केसी र सहकोषाध्यक्षमा निशान जिसी निर्वाचित भएका छन् ।

त्यस्तै कार्य समित सदस्यहरुमा क्रमशः विनोद ढकाल, दिपेन्द्र केसी, ताराराज शर्मा, मनोज रायमाझी , निरज कार्की , लक्ष्मण बस्नेत कुलबहादुर पोखरेल र दिनेश भण्डारी निर्वाचित भएको जापनबाट समाचार सहयोगी भरत अर्यालले जानकारी दिए ।

उनका अनुसार रोशन केसीको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डाल समेत गठन गरिएको छ । सुरेश केसी, डिलाराम खरेल, तुल्सीराम खरेल , कृष्ण प्रसाद सापकोटा टिकाराम खरेल र गोविन्द्र रिजाल अध्यक्ष मण्डलमा रहेका हुन् ।

अधिवेशनमा समाजका पुर्व अध्यक्ष शालिकराम भण्डारी लगायतको बिशेष आतिथ्यता रहेको थियो । समितिको कार्यकाल २ बर्षे हुने जनाईएको छ । गुल्मी बाट जापानको बैदेशिक रोजगारमा पुगेकाहरुले त्यसरी संगठित भई गृह जिल्लामा आई पर्ने विपद्मा उद्धार गर्दै आएका छन भने शिक्षा र स्वास्थ्य क्षेत्रमा करोडौं सहयोग गर्दै आएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता