बुटवल बसपार्क मा गुल्मीका एक युवाको शव फेला ।
सुमन महतारा साउन १७
रुपन्देहिको बुटवल स्थित नयाँ बसपर्कमा बसको छतमा शव फेला परेको छ ।
पार्किङ गरिराखेको लु १ ख ६१३७ बसको छतमा गुल्मीका एक युवकको शव फेला परेको हो ।
गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहिले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ