नेपाली काँग्रेस नगर कार्यसमिति मुसिकोटले भन्यो, ‘मुसिकोट नगरपालिका भष्ट्रहरुको संरक्षणमा छ’



२४ साउन, गुल्मी । नेपाली काँग्रेस नगर कार्यसमिति मुसिकोट नगरपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै मुसिकोट नगरपालिका भष्ट्रहरुको संरक्षणमा भएको आरोप लगाएको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिले वडा नम्बर २ मा जनप्रतिनिधिको संलग्नतामा आर्थिक अनियमितता गरिएको भन्ने विषयमा नगरपालिकाले दिएको प्रतिक्रियाको आलोचना गर्दै भष्ट्रहरुको संरक्षणमा मुसिकोट नगरपालिका रहेको आरोप लगाएको हो ।

‘मुसिकोट नगरपालिका वडा नम्बर २ मा त्यहाँका स्थानीय जनप्रतिनिधिको संलग्नतामा आर्थिक अनियमितता गरिएको समाचार संचार माध्यममा आएको सबैलाई सर्वविधितै छ । जनताको सेवा गर्न निर्वाचित भएका जनप्रतिनिधिहरु नै आर्थिक अनियमितता र भष्ट्रचारको काण्डमा मुछिँदा समेत नगरपालिकाले कारबाही प्रक्रिया समेत अगाडी नबढाउनुले मुसिकोट नगरपालिका भष्ट्रहरुको संरक्षणमा उद्यत छ ।’ नेपाली काँग्रेस मुसिकोट नगरपालिकाका कार्यवाहक सभापति बेगप्रसाद शाक्यद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

सोही विज्ञप्तिमा भष्ट्रचार जस्तो जघन्य अपराधको बारेमा बुझ्न नगरपालिकाको कार्यालयमा गएका पत्रकारहरुमाथि नगरप्रमुखद्वारा गरिएको गलत टिप्पणीले संचार क्षेत्रमाथि उपेक्षा गरिएको स्पष्ट हुने समेत उल्लेख छ । विज्ञप्तिमा मुसिकोट नगरपालिका वडा नम्वर २ का स्थानीय जनताहरुको आवाजहरुलाई अबिलम्ब छानविन गरी दोषी जनप्रतिनिधिमाथि कारबाहीका लागि जोडदार माग गरिएको छ ।

नागरिकलाई बारम्बार उपेक्षा गरी राजनितिक मिलेमोतोमा आर्थिक अनियमितताका विषयलाई छिपाउने प्रयत्न गरिएमा नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिले प्रतिवाद गर्ने उल्लेख गरिएको छ । उक्त प्रेस विज्ञप्ति मार्फत मुसिकोट नगरपालिकाका विभिन्न वडामा कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा चरम लापरबाही गरिएकोप्रति गम्भीर ध्यानकर्षण भएको बताइएको छ । लक्षित वर्ग बारम्बार खोप केन्द्रमा जाँदा खोप नपाउनुले मुसिकोट नगरपालिकाको स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएको संकेत गर्ने उल्लेख छ ।

नगरपालिकामा प्रभावकारी रुपमा सबै नागरिकलाई खोपको व्यवस्था गर्न र नगरका सबै स्वास्थ्य केन्द्रबाट खोप वितरण गरी भिडभाड नियन्त्रण गर्न समेत विज्ञप्ति मार्फत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता