नेकपा गुल्मीले भोली ८ औ पार्टी पुनर्गठन दिवस मनाउदैं



मंसिर -७ गुल्मी ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले भोली (मंसिर ८ गते) पार्टीको आठौं पुनर्गठन दिवस भव्य रुपमा मनाउने भएको छ ।
भोली सदरमुकाम तम्घासमा चियापान तथा दीप प्रज्वलन गरी आठौं पुनर्गठन दिवस मनाउने तयारी भएको नेकपा गुल्मीले जानकारी दिएको छ ।
साथै आज उक्त पार्टीले जिल्लाका विभिन्न स्थानमा एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक समाजवाद स्थापनको लागी संघर्ष गरौं , पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔं लेखेका  व्यानर तथा पम्पलेट टाँसेको छ ।

जिल्लाको सदरमुकाम तम्घास, जैसीथोक, मदाने, पीपलधारा, सिमलटारी, ठूलो लुम्पेक, अस्लेवा, रुद्रवेनी, रिडीलगायतका स्थानमा पम्पलेट टाँसेको नेकपा गुल्मीले बताएको छ । भोली मंसिर ८ गते तम्घासमा विभिन्न राजनीतिक दल, मानवअधिकारकर्मी, पत्रकार, बुद्धिजीवीहरुसंग चियापान एवंम शुभकामना आदानप्रदान गर्ने नेकपा गुल्मीले बताएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता