कोरोना भाइरसबाट कसरी बच्ने ?



एजेन्सी ।

काेराेना भाइरस चीनको उहानबाट देखा परेको थियो । अहिले विश्वभरमा नै कोरोना भाइरसको आतंक फैलिरहेको छ ।
कोरोना भाइरसले १७० जनाको मृत्यु भइसकेको छ भने हजारौँ संक्रमित भएका छन् ।

कोरोना भाइरसको डरसँगै मानिसहरुले मास्क लगाउन थालेका छन् । मास्कले केही हदसम्म भएपनि कोरोना भाइरसबाट बच्न सकिने बताइएको छ । तर कारोना भाइरसबारेमा अनुसन्धान गरिरहेको विज्ञहरुले हात धुने काम बढी प्रभावकारी भएको जनाएका छन् ।

खासमा कोरोना भाइरसले श्वासप्रश्वास क्रियालाई बढी प्रभाव पार्दछ । कोरोना भाइरस हाच्छ्यु गर्दा, खोक्दा अनि थुक्दा बाहिरने गर्दछ ।

कोरोना भाइरसको संक्रमणले मानिसमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, वान्ता आउने, पखाला लाग्ने, निमोनिया हुने र पेट दुख्ने गर्दछ ।

कोरोना भाइरसको रोकथामका लागि निम्न उपाय अपनाउने:
१) बेला बेलामा साबुन पानीले हात धोइरहने, कम्तिमा पनि २० सेकेन्ड साबुन पानीले हात मिचीमिची धुने ।
२)साबुन पानीले हात नधोइकन आँखा, नाक र मुख नछुने ।
३)कोरोना संक्रमित मानिसबाट टाढा बस्ने ।
४) बिरामी परे घरमै बस्ने ।
५) खोकी तथा हाच्छ्युँ रुमाल तथा टिस्यू पेपरमा गर्ने अनि डस्टबीनमा फ्याँक्ने ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता