नेकपा गुल्मीको ठहर: निर्वाचन क्रान्तिकारी बिचार सम्प्रेषण र सङ्ठन विस्तारको आधार



 जेठ १० गुल्मी ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी गुल्मीले स्थानीय तहको निर्वाचन क्रान्तिकारी बिचार सम्प्रेषण र सङ्ठन विस्तारको आधार रहेको ठहर गरेको छ । मंगलबार आफ्नो पक्षमा मतदान गर्ने मतदातालाई धन्यवाद व्यक्त गर्दै प्रेस वक्तव्य जारी गरी यस्तो बताएको हो ।
“अपर्याप्त तयारीका बाबजुद प्रतिक्रियावादीहरुको चौतर्फी घेराबन्दी र षड्यन्त्र चिर्दै संसदिय व्यवस्था विरुद निर्वाचन कार्यनीति प्रयोग गरेका छौं “।
साथै वक्तव्यमा भनिएको छ “पुजिको आधारमा होइन बिचार,सिद्धान्त,निष्ठाका आधारमा एमसिसि विरोधी देशभक्त र क्रान्तिकारी उम्मेदवारलाई मतदान गर्न अपिल गरेका थियौं र निर्वाचन जित्न कसै सङ मुल्य र निष्ठाको सम्झौता गरेनौं “।हाम्रो बिचार र निष्ठाप्रति विश्वास गरी मतदान गर्नु हुने तपाईंहरु प्रति हार्दिक अभिवादन सहित धन्यवाद व्यक्त गर्द्छौ ।
साथै वक्तव्यमा आगामी दिनमा संसदिय व्यवस्था विरुद्धको संघर्ष र वैज्ञानिक समाजवादको पक्षमा नागरिक संगै रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
धन्यवाद वक्तव्यमा नेकपाको तर्फबाट धुर्कोट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका मैते सार्की,उपाध्यक्षका उम्मेदवार तारा बहादुर बस्नेत,धुर्कोट ३ र ६ का वडा अध्यक्ष पदका उम्मेदवार क्रमशस्बाबुलाल नेपाली ,चन्द्र पाण्डे र धुर्कोट ४ बाट खुल्ला महिला सदस्यका उम्मेदवार लक्ष्मी पोख्रेलले हस्ताक्षर गरेका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता