धुर्कोट गाउँपालिकाको हिउँदे अधिवेशनले के गर्यो ? (अन्तर्वार्ता)



माघ ८ ।

गुल्मीको धुर्कोट गाउँपालिकाले हिउंदे अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिका नीति तथा कार्यक्रमहरु प्रभवाकारी बनाउने र चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भएका कामको समिक्षा गर्दैै हिउंदेअधिवेशन सम्पन्न भएको हो । यसै सन्र्दभमा रहेर गुल्मी अपडेटले धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखे्रलसगं सक्षिंप्त कुराकानी गरेको छ ।

हिउदे अधिवेशनले मुख्यत के गर्यो ?

– स्थानीय सरकार सञ्चालन ऐनले तोके बमोजिम ६ महिनाको अन्तरालमा गाउँसभा बस्नुपर्ने नियम छ । हिँउदे सभा भन्नाले खासगरी कानुन निर्माण र विद्येयकहरु पास गर्ने सभा हो । यो वर्ष हाम्रो गाउँपालिकाको ऐनहरु ससोंधन गर्नुपर्ने र नयाँ ऐनहरु बनाउनुपर्ने अवस्था नभएकाले यो आर्थिक वर्ष भित्र गाउँपालिकाले गरेका कामहरुको प्रगति प्रतिवेदन, अनुगमन समितिले गरेको प्रतिवेदन सभामा प्रस्तुत भयो ।
त्यसैगरी केही बजेटहरु ससोंधन गर्नुपर्ने भएकाले केही नाम र रकममा ससोंधन गर्नुपर्ने थियो । ती सबै सभामा प्रस्तुत भएर व्यापक छलफल पश्चात सर्वसहमतिले प्रतिवेदन र ससोंधित बजेट स्वीकृत गरेको छ । यस आर्थिक वर्षको यो ६ महिने अवधिमा हामीले गरेका विकास निर्माणका काम सहित अन्य सेवा प्रवाहका कार्यहरुको समिक्षा भयो ।

यो ६ महिने अवधिमा लक्ष्य बमोजिम काम भएको पाईयो ?
-एकदमै हामीले यो अवधिमा यति काम गर्ने भनेर जुन लक्ष्य निर्धारण गरेका थियौँ । त्यो पुरा भएको पाईयो । बाँकी रहेका दिनमा विकास निर्माणका कामहरुलाई तिब्रताका साथ अगाडी बढाउने, अनुगमनका कार्यहरुमा गुणस्तरीयता, पारदर्शिता र सुशासनलाई केन्द्रमा राखेर हरेक कामहरुलाई अगाडी बढाउने कुरामा गम्भीरतापूर्वक छलफल भयो ।

हिँउदेसभाले ठ्याक्कै कुन कुन कुरालाई प्राथमिकता दिएर अगाडी बढ्ने छलफल भयो ?
-गाउँपालिकाले चालु आर्थिक वर्षका लागि अख्तियारी गरेका नीति तथा कार्यक्रम र बार्षिक बजेटलाई कार्यान्वयन गर्ने सन्धर्भमा प्रभावकारी ढगंले लाग्ने,जनप्रतिनिधिहरु, कर्मचारीहरु,विषयगत क्षेत्र सरोकारवाला र आम जनसमुदायलाई सगैंसगैं लगेर विकास आयोजनाहरुलाई समयमै सम्पन्न गर्ने गरी ध्यानाकर्षण गरेका छौँ ।

अहिलेसम्म बजेट कार्यान्वयनको अवस्था कस्तो छ ?
-पहिलो चौमासिकमा अपेक्षाकृत रुपमा बजेट खर्च हुन नसकेकै हो । किनभने वर्षातका कारण र चाडवाडका कारणले गर्दा विकासे आयोजनाहरु सञ्चालनमा कठिनाई भयो । अब यो दोस्रो चौमासिक लागिसकेपछि धेरै आयोजनाहरुको सम्झौता सम्पन्न भएको छ । ठेक्का प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । त्यस्तै केही आयोजनाहरुको निर्माण प्रक्रिया समेत अगाडी बढेका छन् । अब यो चौमासिकमा चाहिँ अलि प्रभावकारी ढगंले पुँजीगत खर्च बढाउने कुरामा केन्द्रित रहन्छ । र असारे विकास अन्त्य गर्नका लागि वैशाख भित्र सम्पूर्ण विकास आयोजनाका निर्माण कार्यहरु सम्पन्न गर्ने र जेष्ठ महिनामा भुक्तानीका कामहरु सम्पन्न गर्ने गरी अगाडी बढ्नका लागि सभाले निर्देशन दिएको छ ।

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता