काँग्रेस गुल्मी सभापति पन्थी रेसुङ्गा नगरपालिकामा प्रमुखको उमेदवार



गुल्मी, ११ बैशाख

रेसुङ्गा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी उमेदवार बनेका छन् । जनताको प्रत्यक्ष जीविकोपार्जन सँग जोडिएर काम गर्ने नेताका रुपमा परिचित नेपाली काँग्रेस गुल्मीका सभापति पन्थी नगरपालिकाको प्रमुख पदका लागि उमेदवार बनेका हुन् ।

यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा सभापति पन्थीलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेशले उमेदवार बनाएर पठाएको हो । पन्थी रेसुङ्गा नगरपालिका–६, भुवनपानीका बासीन्दा हुन् । ४६ वर्षीय पन्थी २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आएका छन् । साढे ८ वर्षसम्म नेपाल तरूण दलको जिल्ला अध्यक्ष भएका पन्थी यसअघिको जिल्ला अधिवेशनमा अत्याधिक मतले सभापतिमा बिजयी भई संगठनलाई चुस्त पार्दै र विशेष गरि युवा पुस्ताको बढी मन जित्दै आएका छन् ।

नेपाली काँग्रेसले प्रत्यक्ष जनताको जनजीविकोसँग जोडिएर काम गर्ने भएकोले आफु नगरपालिकामा बहुमतका साथ बिजयी हुने नगरपालिकाको प्रमुखका उमेदवार तथा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले दाबी गरे । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काङ्ग्रेस पार्टी विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताउदै आएका छन् । पटकपटक मन्त्री बन्दा एउटा खोलामा पुल नबनेको गुल्मीमा सभापति पन्थीको पहलमा तम्घास सिमलटारी खण्डको सडकमा पक्की पुल बन्न लागेका छन् । पन्थी आफु सत्ता बाहिर रहेर पनि गुल्मी जिल्लाको बिकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनी बजेट माग गर्न बारम्बार सरकारसमक्ष पुग्ने गर्छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता