गुल्मीमा दलित र गरिबको साहारा बन्दै नेपाली काङ्ग्रेस



सुमन महतारा गुल्मी १२ भदौ

नेपाली काङ्ग्रेस गुल्मीले पछिल्लो समयमा दलित र गरिबको घरदैलोमा सहयोगका हात लिएर जाँदै गर्दा एक परिवार जहाँ मर्ने उनी त मरेर गइन् । तर बाँचेकाको झन् बिचल्ली भयो । ५० वर्ष काटेका वृद्ध डुम बहादुर पुन झन् समस्यामा परे । भरखरै कक्षा १० पास गरेर बसेका रोम बहादुर पुन अहिले आमाको क्रियामा छन् । जेठा जित बहादुर पूनले धेरै पढेनन् । साक्षर मात्रै छन् । क्यान्सरका कारणले आमा गुमाएका भरखर १८ , १९ वर्षका दुई भाइको अहिले बिचल्ली नै भएको छ ।

पीडित परिवारलाई आर्थीक सहयोग रकम हस्तान्तरण गदै नेपाली काङ्ग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी

त्यस्तै सोही वडा कै थाम भन्ने ठाउँमा पार्वती विक पछिल्लो समय झन् बिरामी परिन् । उनी अहिले ६२ वर्षकी भइन् । तर अहिलेसम्म पनि नागरिकता छैन । वृद्धाभत्ता पाउने यो उमेरमा नागरिकता नहुदाँ पनि झन् समस्या थपिएको छ ।

तर यी दुवै परिवारलाई नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति गुल्मीका सचिव सहितको टोली मल्हम लगाउन पुग्यो । काङ्ग्रेसको अगुवाइमा खिलध्वज पन्थीले सो रकम हस्तान्तरण गरे ।
क्यान्सर लागेपछि मृत्यु भएकी भूमकला पुनको परिवारलाई १५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । साथै थाममा बिरामी परेकी पार्वती विकको उपचारका लागि १० हजार सहयोग गरिएको छ ।

रकम हस्तान्तरण गर्दे नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गुल्मीका सचिव खिलध्वज पन्थीले स्थानीय सरकार कहाँ गयो भन्ने प्रश्न समेत उठाए । सङ्घीयता आयो तर यो गहिराईमा पुग्न सकेन । पन्थीले भने “गरिब , दु ः खी र असहायको परिवारमा तीन वटै सरकारको ध्यान पुगेन ।”
सहयोग रकम हस्तान्तरणमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गुल्मीका सचिव खिल ध्वज पन्थी , हुमा पोखरेल , दलित सङ्घ गुल्मीका अध्यक्ष लुम बहादुर श्रीपाली , वडा सभापति केशव मरासिनी लगायतको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता