गुल्मीमा चैत २० देखी २२ गते सम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतीयोगिता हुने



फागुन- २० गुल्मी ।

“स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलुकद “भन्ने मुल नाराका चैत २० गते देखी २२ गते सम्म गुल्मीमा ११ औं जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतीयोगिता हुने भएको छ ।

जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिती गुल्मीको फागुन १९ गते बसेको बैठकको चैत्र २० गते देखी २२ गतेसम्म प्रतीयोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त निर्णय विहिबार जिल्ला खेलकुद विकास कार्यालय गुल्मीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
जिल्ला खेलकुद विकास समिती गुल्मीेको आयोजनामा ११ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा सञ्चालन गरिने जिल्ला खेलकुद विकास समिती गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।

गाउँपालिका एवंम नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि भई प्रथम, द्धितिय स्थान प्राप्त गरी जिल्ला स्तरीय प्रतियोगितामा भाग लिने छात्रछात्रा खेलाडीहरुको नामावली विवरण सहभागि हुनु पर्ने फाराम भर्ना  चैत्र १७ गतेभित्र जिल्ला खेलकुद विकास समितीको कार्यालयमा पेश गर्नुपर्नेछ । प्रतियोगितामा भलिवल छात्रछात्रा, कबड्डी छात्रछात्रा, एथलेटिक्स, उफ्रने र फयाक्ने तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट मार्सल आर्ट तर्फ ः कराँते, तेक्वान्दो, उसु छात्रछात्रा खेलहरु समावेश गरिने भएको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता