तीज मनाएर घर फर्किँदै गरेकी गुल्मेली चेलीको अर्घाखाँचीमा गहना लुटियो



सुमन महतारा गुल्मी ,भदौ १९

माइतीमा तीज मनाएर घर फर्किँदै गरेकी गुल्मीकी एक महिला बुधबार साँझ अर्घाखाँचीमा लुटिएकी छन् ।

अर्घाखाँचीको छत्रदेव गाउपालिका—७ देउराली बजार नजिकै ५० वर्षीया सीता पौडेलको सुन लुटिएको हो ।

ती महिला सोहि वडाको वाईगाउँ भन्ने स्थानबाट गुल्मीको रेसुङ्गा नगरपालिका—५ भुवानपानी आफ्नो घरतर्फ आउँदै गरेकी थिइन् ।

 

पानी परेको समयमा छाता ओढेर घरतर्फ आउने क्रममा अपरिचित व्यक्तिले एक्कासी चक्कु देखाएर सुनको सिक्री र लकेट गरेर करिव २ तोला सुन र मोबाइल सेट लुटेको प्रहरीले जनाएको छ ।

महिलाको गहना लुटिएको थाहा पाएपछि स्थानीय र प्रहरीले खोजीकार्य गरे पनि हालसम्म सुनका गहना लुटने फेला परेका छैनन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता