तिनजना पत्रकार मिलेर गुल्मीमा ‘गुल्मी साप्ताहिक पत्रिका’ संचालन



गुल्मी , साउन २९ । गुल्मीमा `गुल्मी साप्ताहिक पत्रिका´ संचालनमा आउने भएको छ । आउँदो आइतबार पहिलो अंक प्रकाशनमा आउने गरी गुल्मी साप्ताहिक पत्रिका संचालनमा आउने भएको पत्रिकाका प्रधान सम्पादक हरि बहादुर के.सी ले जानकारी दिनुभएको छ ।
वर्तमान समयमा गुल्मीबाट कुनै पनि पत्रिका प्रकाशनमा नआएको र अनलाइन पत्रिकाहरुले केहि बेथिति निकालेकोले सत्य , तथ्य र यर्थाथ बाहिर आउन पत्रिका नै कुर्नुपर्ने अवस्था रहेको भन्दै गुल्मी साप्ताहिक पत्रिका संचालनमा ल्याएको पत्रिकाका प्रवन्धक निर्देशक मनोज कार्काीले जानकारी दिनुभएको छ ।
गुल्मी साप्ताहिक पत्रिकाको प्रधान कार्यालय रेसुङ्गा नगरपालिका २ तम्घास रहेको छ । हप्तामा एक पटक प्रकाशन हुने उक्त पत्रिकाले आउँदो आइतबार पहिलो अंक प्रकाशन गरि पत्रिकाको शुभारम्भ गरिने छ ।
गुल्मी साप्ताहिक पत्रिकाको लक्षित क्षेत्र गुल्मी जिल्ला साथै आसपासका छिमेकी जिल्लाहरु लगायत प्रदेश पाँच रहने सोही पत्रिकाका प्रकाशक तथा सम्पादक सन्तोष महतारले बताए । सेवामूलक साथै नागरिकको सुचना पाउने अधिकारको सुनिश्चत गर्दे गुल्मीमा गुल्मी साप्ताहिक पत्रिका संचालन गरिएको पत्रिकाका ब्यवस्थापक सुमन महतारले जानकारी दिए ।

 

 

(मनाेज कार्की , सन्तोष महतारा र सुमन महतारा गुल्मीका पत्रकार हुन् । )

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता