मालिका गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान



असार २५-गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । एन पि भण्डारीको पहलमा रोयल थाइ मोनास्ट्री, विश्व शान्ति मन्दिर, डा: दिल बहादुर थोकर, एक–एक पाईला फाउन्डेसन, तिलगंगा आँखा अस्पताल, दाता पुनम सिंह मार्फत तुल्सिराम अर्याल र केशव आचार्यको सहकार्यमा अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू प्रदान गरिएको हो ।

सामाग्रीहरूमा अक्सिजन सिलिन्डर ६ थान,अक्सिजन कन्सन्ट्रेटर, १ वटा , बेबी वार्मर , डेलिभरी सेट लगायतका सामाग्री प्रदान गरिएको तुल्सीराम अर्याल बताए । कोरोनाले स्वास्थ्य क्षेत्रमा पारेको असर र स्वास्थ्यकर्मीको जोखिमलाई मध्यनजर गरि उक्त सामाग्री प्रदान गरेको संस्थाले जानकारी दिएको छ ।

स्वास्थ्य सामाग्री ग्रहरण गदै गाउँपालकाका उपाध्यक्ष देवा अर्यालले सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरिन । त्यस्तै प्रमुख प्रशाकिय अधिकृत दिपक भण्डारीले प्राप्त स्वास्थ्य सामाग्रीले कोभिड विरुद्धको लडाई लड्न थप सहज हुने प्रतिक्रिया दिएका छन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुुसाल वडा नम्वर ५ का वडा अध्यक्ष श्याम लाल गिरी लगायतको सहभागीता रहेको थियो।

यी संस्था तथा स्थानीय युवाको पहलमा यस भन्दा अघी गएको जेठ ३१ गते पनि वडा नम्वर पाँचमा रहेको छापहिले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता