विद्यालयमै च्याउ उमार्दै मालिका माविका विद्यार्थी



गङ्गा खड्का ।

१७ फागुन, गुल्मी । पछिल्लो समय विद्यार्थीलाई विभिन्न सीप सिकाएर उद्यमी बनाउन विद्यालयले सीपमुलक अध्ययन सुरु गरेका छन्। गुल्मीको मालिका गाउँपालिका–८ मा रहेको मालिका माविमा कृषि बाली विज्ञानमा अध्ययन गर्ने विद्यार्थीले स्कुलमै च्याउ उमार्ने सीप सिकेका छन्।

विद्यार्थीको प्रयोगात्मक सिकाइ अन्तरगत च्याउ कसरी उत्पादन गर्ने भनेर सीप सिकाएको विद्यालयले जनाएको छ। कक्षा ९ र १० मा कृषि बाली विज्ञान विद्यार्थीले पढ्दै आएका छन्।

उक्त पढाइ अन्तरगत हाल खुर्सानी, बन्दाकोभी र विभिन्न कृषिजन्य तरकारी उत्पादन गर्न सिकाइएको छ। मालिका माविले २ वर्षदेखि विद्यालयमा कृषि बाली विज्ञान पढाइ सुरु गरेको छ। उक्त कृषि बाली विज्ञान पढाइमा विद्यार्थीको आकर्षण बढेको विद्यालयको भनाइ छ।

शिक्षा मानव श्रोत विकास केन्द्र अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा उक्त कार्यक्रमका लागि जिल्लामै एक मात्र विद्यालय मालिका मावि छनोट भएको विद्यालयका प्रधानाध्यापक हेमराज पौडेलले जानकारी दिए। सोही अनुसार हाल कक्षा ९ मा ४२ जना र कक्षा १० मा ४६ जना विद्यार्थीले कृषि बाली विज्ञान पढिरहेका छन्।

विद्यालयका प्रधानाध्यापक पौडेलका अनुसार प्रयोगात्मक सीपका लागि विद्यालयले सोही ठाउँको ढाँवमा नौ रोपनी एक आना जग्गा खरिद गरेको छ। विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रमका लागि मालिका गाउँपालिकामा प्रस्तावना पेश गरेको पौडेलले बताए। हाल मालिका माविमा झण्डै ६ सय विद्यार्थी अध्यनरत छन्।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता