मालिकामा स्वास्थ्यमा क्रान्ति ,हुदैन् घरमा सुत्केरी !



असोज -९ गुल्मी ।

भौगोलिक रुपमा जिल्लाकै दोस्रो विकट मानिने मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण खुड्किला पार गरेको छ ।
तिन वर्षको अथक प्रयास पछि गाउँपालिका जिल्लाकै पहिलो पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा भएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्षमण पराजुलीले बुधबार एक समारोहका बिच पुर्ण संस्थागत प्रसुती (शुन्य होमडेलीभरी) गाउँपालिका घोषणा गरेका हुन ।

विकासका पुर्वधार मध्ये अति महत्त्वपूर्ण मानिने स्वास्थ्य क्षेत्रको विकासलेनै गाउँपालिका स्वस्थ र समृद्ध हुने हुँदा स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाईएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

स्वास्थ्यमा क्रान्ति !

विकटका उपनामले परिचित मालिका गाउँपालिकाले पुर्ण संस्थागत प्रसुती (जिरो होमडेलीभरी) गाउँपालिका घोषणा गरे सङै स्वास्थ्य क्षेत्रमा क्रान्तिनै गरेको छ ।
अहिलेका जनप्रतिनिधि निर्वाचित भएर आउँदा गाउँपालिकामा जम्मा ४ वटा मात्र बर्थिङ सेन्टर थिए ।
तर जनप्रतिनिधि र कर्मचारीको मेहनत सङै अहिले गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टरको सुविधा छ। त्यस्तै तीनवटा सामुदायिक स्वास्थ्य ईकाईको समेत स्थापना गरिएको छ। भने ती  सबै सुविधा मलिका बासिले प्रयोग गरिरहेको प्रमाणीत भएको छ ।

जिरो होमडेलीभरी गाउँपालिका घोषणा गर्न गाउँपालिकाले कडा परिश्रम गरेको थियो ।
“सुत्केरीको घरमा हरियो झण्डा , हात -हातमा एक क्यारेट अण्डा”, “सुत्केरीको घरमा हरियो झण्डा शुन्य होमडेलीभरी गाउँपालिका” जस्ता अभियान चलाउदै घर घर सम्म गाउँपालिकाका पुगेको थियो भने । जनचेतना मुलक सडक नाटक प्रहसन गर्दै स्वास्थ्यकर्मीको टोली कलाकार सहित गाउँबासिको टोलमा पुगेका थिए ।

तीन वर्ष अघि २०७६ फागुन ६ गते गाउँपालिकाको वडा नम्वर आठ सिमलटारीमा सडक नाटक प्रहसन गर्दै गर्दाको क्षण ।

त्यसैको फलस्वरूप गाउँपालिका तीन वर्ष पछि पुर्ण संस्थागत प्रसुती गाउँपालिका(शुन्य होमडेलीभरी) गाउँपालिका घोषणा भएको छ ।

आर्थिक बर्ष ०७७र७८ मा गाउँपालिका भित्रका सबै वडाहरुका कुल ३३२ जना प्रसुति भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बसन्तराज भुसालले जानकारी दिए । जसमा २४२ जना गाउँपालिकाभित्रैका बर्थिङ्ग सेन्टरमा प्रसुति भएका छन् ।

गुल्मी अस्पतालमा ४२ जना, लुम्बिनी मेडिकल कलेज पाल्पामा २५ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा १४ जना प्रसुति भएका छन् । मदाने गाउँपालिका –१ अग्लुङ्ग स्वास्थ्य चौकी, पुर्कोट स्वास्थ्य चौकी, श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, जोहाङ्ग स्वास्थ्य चौकी, अम्मरपुर स्वास्थ्य चौकी, युनाईटेड मिसन अस्पताल तथा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक÷एक जना प्रसुति भएका छन् ।

पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा कार्यक्रमलाई निरंरता दिनको लागी विभिन्न कार्यक्रमहरु अगाडी बढाउने , वार्षीक सुनिश्यतता गर्ने जस्ता योजना अगाडी बढाउने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको स्वास्थयको स्थितिमा सुधार हुनुको साथै गर्भावस्था र सुत्केरी अवस्थामा हुने मातृ तथा नव शिशु  बिरामीपन दर तथा मृत्यु दर लाई शुन्यमा राख्नको लागि सहयोग पुग्ने गाउँपालिकाले अपेक्षा समेत राखेको छ ।

अहिलेको मालिका गाउँपालिका क्षेत्रको विस २०६० देखि २०७४ सम्मको अवस्था हेर्दा ७ जना महिला ११ जना नवजात शिशुको मृत्यू भएको तथ्यांक रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता