ज्योति विकास बैङ्क तुलसीपुर शाखाद्वारा ५० हजार बराबरको राहत बितरन



ज्योति विकास बैङ्क तुलसीपुर शाखाले विपन्न बर्गलाई राहत दिने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका मार्फत चामल ८ सय केजी, दाल ५० केजी, तेल ५० लिटर र साबुन २ सय १६ पिस गरी ५० हजार बराबरको राहत सामाग्री उपलब्ध गराएको छ ।

उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उक्त राहत बुझेका छन् । राहत सामग्री बुझ्दै नगर प्रमुख घनश्याम पाण्डे ज्योति विकास बैंकलाई धन्यवाद व्यक्त गरेका छन् ।‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको हो, सबै विपन्न वर्गहरूमा राहत पुगोस्, भोकै कोही मर्न नपरोस्।’ राहत दिँदै बैङ्क म्यानेजर डिल्ली केसीले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता