गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पोषण सम्बन्धी प्रशिक्षण



कात्तीक -४ गुल्मी ।

गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्यकर्मीलाई बृहत पोषण सम्बन्धी क्षमता अभिवृद्धी प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
कात्तीक ३ गते देखी सुरु भएको कार्यक्रम कात्तीक ९ गते सम्म चल्ने छ ।
सात दिन सम्म चल्ने प्रशिक्षणमा कृषी ,पशु र स्वास्थ्य सम्बन्धी बृहत एकीकृत पोषण सम्बन्धी  प्रशिक्षण दिईने छ ।

स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गराई समुदाय स्तरमा महिला, बालवालिका, किशोरीहरुको पोषणको अवस्था सुधार गर्ने , किशोरीमा देखिने रक्तअल्पतामा कमी ल्याउने तथा कुपोषणको अन्त्य गर्ने तालीमको मुख्य उदेश्य रहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । साथै पोषण सम्बन्धी गतिबिधि समुदाय स्तरमा कसरी सञ्चालन गर्ने भन्ने बिषयमा छलफल द्धारा जानकारी दिने खानपानमा सुधार ल्याई स्वस्थ नागरीक बनाउन तालीमले सहजता प्रदान गर्ने अधिकृत पाण्डेले उल्लेख गरे ।

अहिले २० जना स्वास्थ्यकर्मीले तालीम लिईरहेको गाउँपालिकाले जनाएको छ । साथै दोस्रो चरणमा थप २० जना स्वास्थ्यकर्मीहरुलाई तालिम दिइने र तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले महीला स्वास्थ्य स्वंसेविकालाई तालिम प्रदान गर्ने छन र महिला स्वास्थ्य स्वंसेविकाले गाँउपालिकाका सबै नागरिकको घर- घरमा पुगी पोषण सम्बन्धी जनचेतना प्रदान गर्ने छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता