तम्घास बाट हराएको बोलेरो जिप सत्यवतीमा भेटियो !

फागुन -१९ गुल्मी ।
गएराती सदरमुकाम तम्घास बाट हराएको लु १ च ६१६४ नम्वरको बोलेरो जिप गुल्मीकै सत्यवती गाउँपालिका ६ मा भेटिएको छ ।
सत्यवती ६ जोहाङ तल्लो बजारमा रोकी राखेको अवस्थामा जिप फेला परेको हो ।
जिपलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भैइरहेको गुल्मी प्रहरीले जनाएको छ ।