मालिकाको अर्को नयाँ नीति पर्यटन प्रवर्द्धनको लागि अन्तरास्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सञ्चालन गर्ने



असार १२ गूल्मी।
भौगोलिक रुपमा विकट भनेर चिनिने मालिका गाउँपालिकाले यो वर्ष भने निकै उत्कृष्ट, नौला नीति तथा कार्यक्रमहरुको घोषणा तथा विभिन्न ऎन जारी गर्दै देश भर चर्चामा आएको छ ।
मालिका गाउँपालिकाले स्थानीय जातको मदिरालाई ब्राण्ड्को रुपमा अगाडि बढाउने ऎन पारित देखी अन्तरास्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सञ्चालन गर्ने जस्ता महत्वकांक्षीं योजना अगाडी सारेको छ ।
गत वर्ष गाउँपालिकाको वडा नम्वर चार देउराली डाडा बाट प्याराग्लाइडिङको सफल परिक्षण गरे लगतै गाउँपालिकाले १४ दिने प्याराग्लाइडिङ महोत्सव सफलताका साथ सम्पन्न गरेको थियो ।

प्याराग्लाइडिङको सफल परिक्षण सङै यो वर्ष पनि पर्यटन प्रवर्द्धनको लागी अन्तरास्ट्रिय प्यारग्लाईडिङ प्रतियोगिता आयोजना प्रति गाउँपालिकाका अग्रसर भएको गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाले बताए ।
यस प्रतियोगिता सञ्चालनको लागी गाउँपालिकाले २० लाख रकम बजेट विनियोजन गरेको छ । प्याराग्लाइडिङको सफल परिक्षण र महोत्सवले पर्यटन प्रर्वद्धनमा महत्वपुर्ण ढोका खुलेको बताउदै । यो वर्ष आयोजन गरिने अन्तरास्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिताले विश्वभरनै मालिका गाँउपालिका प्याराग्लाइडिङ उडानको लागी उपयुक्त छ , भन्ने सन्देश दिने गाउँपालिकाका उपाध्यक्ष देवा अर्यालको भनाई रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता