डब्लु आइसीसीद्धारा आयोजित खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न ।
![](https://i0.wp.com/gulmiupdate.com/wp-content/uploads/2019/12/a.jpg?fit=960%2C720&ssl=1)
कौरव खत्री गुल्मी २७ मंसिर ।
गुल्मीको वामीमा डब्लु आइसीसी को आयोजना जनसेवा आमा समूह र प्रगतिशिल युवा परिवारको सहआयोजनामा खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गत मंगलबार देखि मुसिकोट नगरपालिका ७ वामी भेडुवाको जनजागरण प्राथमिक विद्यालयमा शुरु भएको खुल्ला पुरुष भलिवल प्रतियोगिता तर्फ साँस्कृतिक कार्यक्रम सहित बिहिवार सम्पन्न भएको छ । सम्पन्न खुल्ला पुरुष भलिवल प्रतियोगिता तर्फ नगद रु.३०हजार,कप मेडल सहित मुसिकोट नगरपालिका ८ वामीको न्यू एकटिभ युवा क्लवले प्रथम पुरस्कार हात पारेको छ । त्यस्तै नगद रु. २५ हजार,कप मेडल सहित जनजागृति युवा परिवार मुसिकोट नगरपालिका ८ कुर्घाले द्धितीय पुरस्कार हात पारेको छ । त्यस्तै न्यूदिप प्रगतिशिल युवा परिवार मुसिकोट नगरपालिका ३ बडागाँउले नगद रु. ५ हजार सहितको अनुशासन पुरस्कार हात पारेको छ । त्यस्तै कार्यक्रमलाई सफल बनाउनको लागि संस्थालाई आर्थिक सहयोग गर्ने सहयोगी चन्दादाताहरुलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको कार्यक्रम संयोजक तोयनाथ खरेलले जानकारी दिए ।
साथै कार्यक्रममा राष्ट्रिय कलाकारहरु देवी घर्ति, हरि खत्री,बिष्णु सिंजाली,लालमाँया कुँवर,धनमाँया राना तथा हास्य कलाकार कमल बराल र बालचन्द्र बराल तथा स्थानीय कलाकारहरुको वेजोड साँस्कृतिक प्रस्तुती रहेको थियो । विगत तिन बर्ष देखि निरन्तर रुपमा सामाजिक कार्यमा सक्रिय रहेको वामी अन्तराष्ट्रिय सम्पर्क समितिले संस्थापक अध्यक्ष दिलिप थापाको अध्यक्षतामा बृहत् साँस्कृतिक कार्यक्रम तथा भलिबल कार्यक्रमसँगै शुरुवात गरिएको थियो । कार्यक्रम वामी अन्तराष्ट्रिय सम्पर्क समिति केन्द्रीय कायालयका अध्यक्ष रेशम रायमाझीको अध्यक्षता तथा बरिष्ठ चन्दादाचा खडक बहादुर खरालको प्रमुख आतिथ्यता संस्थाका संरक्षक इन्द्र बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।भने कार्यक्रमको सञ्चालन भने दोय वामी प्रधान कार्यालयका अध्यक्ष लक्ष्मण खरेल र सञ्चारकर्मी मिनु विसीले गरेका थिए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।