जिपको ठक्कर बाट सत्यवतीमा बालीका घाइते
![](https://i0.wp.com/gulmiupdate.com/wp-content/uploads/2019/08/1582418128accident-2.jpg?fit=1000%2C639&ssl=1)
डि.बि खड्का गुल्मी ।
जिपको ठक्कर बाट गुल्मीमा एक जना बालीका घाइते भएकी छन् । सत्यवती गाउँपालिका वडा नम्बर ६ खैरेनी बजारमा लु १ ज ३३९१ नम्बरको जिपले ठक्कर दिँदा तीन वर्षीया आयुषी भण्डारी घाइते भएको सत्यवती गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए । घाइते बालीकाको जोहाङ प्राथमिक स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरे पछि पाल्पा रिफर गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । ठक्कर दिने जिप र चालकलाई इलाका प्रहरी कार्यालय जोहाङले नियन्त्रणमा लिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।