जन्म थलो इस्मा पुगेर गोकर्ण विष्टले भने जे बोलेका छौं त्यो पुरा गरेका छौं !



चैत -३ गुल्मी ।
गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सचिब गोकर्ण विष्टले आफुहरुले बोलेको कुरा पुरा गर्दै आएको बताएका छन ।
बिहिवार आफ्नो जन्मथलो इस्मा गाउँपालिका तीनमा सिस्ने काफ्लारुख लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
हामीले चुनावमा जे बाचा प्रतिबद्धता जनाएका छौं त्यो पुरा गरेको गरेका छौ । उनले भने “२०५६ सालमा निस्ती खोलाको शिरको पानी खुवाउछौ भनेको थियौं त्यो पुरा गर्यौ “। धेरै कठिनाईका बाबजुद ७२ किलोमीटर लामो शाखा लाईन खनेर पुरा गरेको बताए । इस्माका सबै जनताको घर घरमा पानीका धारा पुराउन नसके पनि ७० प्रतिशत घरमा पानीका धारा पुगेको र बाकी घरमा पनि छिट्टै खानेपानीको धारा पुग्ने बताए ।
त्यस्तै आफ्नो दलले चुनावमा बिजुली ल्याउने,मोटरबाटो विस्तार गर्ने ,पक्की गर्ने , खरका छाना विस्थापित गर्ने ,विद्यालय ,स्वास्थ्य सस्था बनाउने बाचा गरेको स्मरण गर्दै अहिले त्यो इस्मामा पुरा हुन लागेको दावी गरे ।
साथै जनताको जिवन स्तरमा क्रमिक रुपमा सुधार हुदै आएको बताउदै अब जनतालाई आर्थिक विकास तर्फ जोड्ने एमालेको लक्ष्य रहेको उल्लेख गरे । विष्टले उद्वघाटन गरेको लिफ्टिङ खानेपानी आयोजना बाट इस्मा गाउँपालिका तीन दर्लामचौरका ७६ घर धुरी लाभान्वित भएका छन ।
तीन वर्ष अघि देखी सञ्चालीत उक्त खानेपानी आयोजनामा ३१ लाख रकम खर्च भएको छ । साथै थप २४ घरधुरीलाई पानी खुवाउने उदेश्यले जिल्ला खानेपानी कार्यालय गुल्मीको तीन लाख आर्थिक सहयोगमा ट्याङ्की बनाउने काम चलिरहेको वडा अध्यक्ष तोयनाथ सापकोटाले बताए ।

इस्मा गाउँपालिकामा अझै चार वटा ठुला खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेका छन । यि आयोजना सम्पन्न हुन साथ सबैको घरमा खानेपानी पुग्ने गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले बताए । अहिले ८० प्रतिशत जनताको घरमा खानेपानी पुगेको विष्टको दावी छ । आफ्नो कार्यकालमा सबै जनताको घरमा पानी पुराउने चुनावी बाचा पुरा हुने उपाध्यक्ष बिमला खत्रीले बताईन ।

 

 

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता