जनपत्रकार संगठन गुल्मीले बुझायो पत्रकार महासंघलाई ८ बुँदे मागसहित ज्ञापनपत्र



माघ- ५ गुल्मी ।

जनपत्रकार सङठन नेपाल जिल्ला शाखा गुल्मीले बुधबार विभिन्न आठ बुँदे माग राख्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीलाई ज्ञापनपत्र बुझाएको छ । सङ्ठनका जिल्ला अध्यक्ष डिबि खड्काको नेतृत्वमा पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याललाई ज्ञापनपत्र बुझाईएको हो ।
सङठनको प्रदेश कार्यसमितिको निर्णय अनुसार महासंघलाई ज्ञापनपत्र बुझाईएको सङगठनका जिल्ला अध्यक्ष डिबि खड्काले बताए ।

ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक,पेशागत तथा भौतिक सुरक्षा र स्थायीत्वलाई सुनिश्यत गर्न पहल गर्नुपर्ने, कोभिड-१९ का कारण रोजगार गुमाएका संचारकर्मीको पुनर्स्थापन , राहत र स्वास्थ्य उपचारका लागि पहल गर्नुपर्ने, सदस्यहरुको शुद्धीकरण गरी कृयाशिल पत्रकारहरुलाई निष्पक्ष र सहज ढङ्गले सदस्यता प्राप्त हुने व्यवस्था मिलाउनु पर्ने , अन्यत्र जिल्ला बाट गुल्मीमा सदस्यता सार्न चाहेका पत्रकारहरुको माग सुनुवाइ गर्नु पर्ने ,पत्रकारहरु एकजुट र पेसाप्रति इमानदार बन्न महासंघले प्रेरणादायी भुमिका खेल्नु पर्ने , पत्रकारको नि शुल्क कोभिड -१९ को बिमा गरिदिनु पर्ने , समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गर्न महासंघले पहल गर्नु पर्ने र पत्रकारिता गरिरहेका पत्रकारहरुको क्षमता अभिबृद्धीका लागि तालिम तथा प्रशिक्षणको व्यवस्था गर्नुपर्ने लगायतका आठ बुँदे माग राख्दै ज्ञापनपत्र पेश गरिएको हो ।
ज्ञापनपत्र बुझे पछि नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले जनपत्रकार सङठन गुल्मीले राखेका माग सबै पत्रकारको हक हितको लागी भएको भन्दै प्रसंशा गरेका छन ।
पत्रकारहरुको हकहितको लागी महासंघ सधै सकारात्मक रहेको प्रतिक्रिया दिदै सङठनले उठाएका माग कार्यान्वयन गर्न र गराउन थप कदम चाल्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महा संघ गुल्मीका उपाध्यक्ष रेशम कुवर,सह सचीव तिलाचन पाण्डे , कार्यसमिति सदस्य तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता