छत्रकोट गाउँपालिकामा उखु उद्योगको उद्धघाटन



माघ १६ ।
गुल्मीको छत्रकोट गाउँपालिकामा उखु उद्योगको उद्धघाटन गरिएको छ । शुक्रबार गाउँपालिकाको वडा नम्वर तीनमा धर्मपानी मानकोट उखु उद्योगको उद्धघाटन गरिएको हो । शुक्रबार गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले उखु पेलेर उद्योगको उद्धघाटन गरे ।

उखु उद्योग सञ्चालनमा आए संगै यस क्षेत्रका दुइ सय पचास किसान लाभान्वीत भएका छन् । उद्योग सञ्चलान पछि यस क्षेत्रका किसानको आर्थीक स्तर वृद्धी हुने गाउँपालिकाले जनाएको छ । किसान द्धारा उत्पादीत उखु बाट खुदो गुड तथा विभिन्न परिकार बनाई किसानको जिविकोपार्जनमा सहजता आउने र गाउँपालिका कृषी उपजमा आत्मर्नीभर हुने गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले बताए ।

प्रधानमन्त्री कृषी आधुनीकरण कार्यालय गुल्मी, छत्रकोट गाउँपालिका र संघिय सरकारको झण्डै ५० लाख लगानी रहेको छ ।
करिब ५० लाख लगानीमा किसानलाई विउ विजन,आवश्यक ज्ञान सिप तथा तालीम संगै पानी टंकी प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
शुक्रबार उद्धघाटन कार्याक्रममा प्रधानमन्त्री कृषी आधुनीकरण गुल्मीका कार्यालय प्रमुख नारायण काफ्ले स्थानीय जनप्रतिनिध लगायतको विशेष सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता