गुल्मी–२ मा एमाले कार्यकर्ताद्वारा काङ्ग्रेसका कार्यकर्ता कुटिए !



मङ्सिर ३ गुल्मी ।

गएराती गुल्मी क्षेत्र नम्वर २ का नेकपा एमाले उमेदवार गोर्कण बिष्टका कार्यकर्ताहरुले नेपाली कांग्रेसका एक जना कार्यकर्तालाई निर्घात कुटपिट गरी घाईते बनाएका छन् ।
जिल्लाको इस्मा गाउँपालिका –४ दोहलीका कांग्रेस कार्यकर्ता सुभाष महतलाई एकैथलोमा जम्मा भएर बसेका नेकपा एमालेका करिव २ दर्जन कार्यकर्ताहरुले बिष्टकै घर माथी महतका छेडा भन्ने स्थानमा गाडीमा मतदानका लागि काठमाण्डौ आउँदै गरेको अवस्थामा गाडी तोडफोड गर्दै आक्रमण गरेको घाईते महतले बताए । मुहार र टाउँकोमा गम्भीर चोटपटक लागेका महतको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ ।
घटनाको झण्डै १२ घण्टा बितीसक्दा पनि कुटपिटमा संगल्नहरुलाई पक्राउ नगरी प्रहरी प्रशासनले संरक्षण दिएको भन्दै पक्राउको दवाव दिन पुगेका गठबन्धनका कार्यकर्ताहरुलाई प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौड्यालले तत्काल पक्राउ गर्ने दिएको आश्वासन दिए पछि प्रहरी र जिल्ला प्रशासनमा भिड तितर वितर भएको छ ।
घाईते महतले आफु गाडी चलाउँदै घर तर्फ जाँदै गरेको अबस्थामा रोकेर करिव २५ जनाको समुहले आक्रमण गरेको र ती सबै एमाले उमेदवार गोकर्ण बिष्टको छिमेकी भएको बताए । नेकपा एमाले त्यस वडा कमिटी अध्यक्ष बिष्णु सुनारको प्रतिकृया माग्दा उनले महतले मदिरा पिएर दुर्घटना गराउने गरी गाडी चलाएको र साथीहरुले रोकेर सम्झाउने क्रममा सामन्य झडप भएको प्रतिकृया दिए ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति सहसचिव छवि पाण्डेले नेपाली कांग्रेस क्षेत्र नम्वर २ को गठबन्धनका निर्वाचन परिचालन समितिका संयोजक चन्द्रबहादुर महतको छोरा सुभाष महतलाई भोट हाल्न घर नआईजा , आए कुटाई खान्छस भनेर पहिल्लै देखि एमाले नेता बिष्टका कार्यकर्ताहरुले धम्की दिएको र उनी काठमाण्डौंबाट घर आउँदै गरेको अबस्थमा घर पुग्नै लागेको बेला बाटो कुरेर बसेका नेता बिष्टका भतिज नविन बिष्ट सहितका कार्यकर्ताहरुले गाडीमा तोडफोड गर्दै निर्घात कुटपिट गरेको बताए ।

प्रजिअ पौड्यालले भने प्रशासनलाई भर्खरै उजुरी परेको र आफुले संलग्नलाई पक्राउ गर्ने निदेर्शन दिएको बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता