गुल्मी दुर्घटना अपडेट :एकको मृत्यु चार गम्भीर सहित छ जना घाईते (पुरा विवरण सहित) !



माघ -७ गुल्मी ।

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार सहित ६ जना गम्भीर घाइते भएका छन ।
जिल्लाको मुसिकोट नगरपालिका – ९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबास तर्फ जादै गरेको लु १ च ७२९८ नम्बरको जिप मुसिकोटको ददल्कामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाईते भएका मुसिकोट नगरपालिका ९ का ५५ वर्षिय कालु भनिने तीर्थ विकको वामिटक्सारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) माधव खरेलले बताए ।

त्यस्तै सोही वडाका सवारी चालक २७ वर्षीय शंकर परियार, सोही वडाकै वर्ष ५८ का रिखे विक, २० वर्षीया सविना विक र वर्ष ५४ का सन्तवीर विक गम्भीर घाईते भएका छन् । उनिहरुलाई थप उपचारको लागी पाल्पा रिफर गरिएको छ ।

अन्य दुई जना घाईतेको अवस्था सामान्य रहेको छ । सोही ठाँउका २० वर्षीय प्रकाश विक र २६ वर्षीया रमिला विकको स्थानीय मेडिकलमा उपचार भैइरेहेको
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपि) खरेलले बताए ।

जिपमा सात जना यात्रु सवार रहेका थिए ।चिप्लो र अप्ठ्यारो सडक भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता