गुल्मीमा सेतो पुतलीको प्रकोप संगै सापु रोगका बिरामी बढ्दै !



अनिल खत्री ,असोज-१ गुल्मी ।

गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गइरहेको छ । सेतो पुतलीको प्रकोप बढेसँगै त्यो पुतलीका कारणले हुने सापु रोगका बिरामी बढेका छन् ।

जिल्लाबाट हालसम्म सापु रोग लागेका आँखाका ४ जना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले बताए ।

सम्पर्कमा आएका ६–७ जना बिरामीलाई थप सुविधा नभएका कारण सिधै भैरहवा जान सल्लाह दिएको आँखा उपचार केन्द्र गुल्मीले जनाएको छ ।

आँखाको दृष्टि नै गुम्न सक्ने यो रोग यस वर्ष पनि देखिन थालेको छ । वर्षायाम सकिने समयमा पुतलीको प्रजनन् शुरु हुने भएकाले पनि यो बेला सेतो पुतली सापुका बिरामी धेरै देखिएको हुनसक्ने चिकित्सकहरुको भनाइ छ ।

आँखा पाकेजस्तै अचानक एउटा आँखा रातो हुँदै कालो भागको बीचमा सेतो देखिने, ज्योति कम हुँदै जाने र खासै नदुख्ने लक्षण पाइएमा सेतो पुतलीको संक्रमण हुनसक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ । यो रोग लागेका बिरामीहरु ढिलो अस्पताल जाने गर्दछन् ।

तत्काल उपचार शुरु नगरिए आँखाको ज्योति गुम्न सक्ने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता