गुल्मीमा सडकबाट खसेकी महिला र भिरबाट हाम फाल्ने पुरुषको उद्धार !



बैशाख २० गुल्मी ।
भिरबाट लडेर अचेत एक महिलालाई गुल्मी प्रहरीले उद्धार गरेको छ । मदाने गाउँपालिका– २ की अन्दाजी ४० वर्षीया पुष्पा केसी म्यालपोखरीबाट आफ्नो घर बाँझकटेरीखालतर्फ जाने क्रममा ढोरपाटन सडकखण्डबाट खसेकी थिइन् ।

स्थानीयको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले केसीको उद्धार गरेको प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले जानकारी दिए । ‘स्थानीयले खबर गरेपछि हामी घटनास्थल पुग्दा ढोरपाटन सडकछेउदेखि अन्दाजी दुई सय मिटर तल खोल्सामा अचेत अवस्थामा महिला भेटिइन्,’ प्रहरी निरीक्षक ठकुरीले नयाँ पत्रिकासँग भने, ‘तत्काल उद्धार गरेर उपचारका लागि अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्क पठायौँ ।’

भिरबाट हाम फाल्ने पुरुषको पनि उद्धार
गुल्मीकै मुसिकोट– १ स्थित रमितेडाँडाबाट हाम फालेका ४८ वर्षीय केशर विकलाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार भिरबाट मानिस हाम फालेको खबर पाएपछि पौदिअमराई प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक भवीश्वर विकको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइते अवस्थामा भेटिएका विकलाई उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल तम्घास पु¥याइएको खरेलले बताए । उनले किन हाम फालेका हुन् भन्ने खुल्न बाँकी छ । स्रोत नँया पत्रिका

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता