गुल्मीको भुवाचिदीबाट बिरामी लिएर तानसेन जाँदै गरेको कार दुर्घटना



गोकर्ण पाण्डे

४ असार, गुल्मी । गुल्मीको भुवाचिदीबाट बिरामी लिएर तानसेन जाँदै गरेको ध १ ज ५०१ नम्बरकाे कार गुल्मीदरबार गाउँपालिका गौँडाकोट स्थित म्यालपोखरी भन्ने स्थानमा दुर्घटना भएको छ।

उक्त दुर्घटनामा कारमा सवार ३ जना घाइते भएका छन् । घाइतेकाे गौँडाकोटमा रहेको श्रेष्ठ मेडिकलमा उपचार भइरहेकाे छ ।

घाइते हुनेमा बाग्लुङका कार चालक संगम पुन कारमा सवार हरि थापा र खुम थापा रहेका छन् । अहिले उनिहरुकाे अवस्था सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जनाकारि दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता