कोरोना समुदायस्तरसम्म फैलिएपछि मालिका गाउँपालिकाको वडा नम्बर ८ एक हप्ताको लागि शिल



१४ साउन, गुल्मी । गुल्मीको मालिका गाउँपालिका -८ एक हप्ताका लागि शिल गरिएको छ । कोरोना समुदाय स्तरसम्म फैलिएपछि वडालाई शिल गरिएको वडा अध्यक्ष टिका बहादुर जिसिले जानकारी दिए ।

बुधबार बसेको वडा स्तरीय कोभिड समन्वय समितिले बिहिवार अर्थात् साउन १४ गते देखि साउन २० गते राती १२ बजे सम्म वडा शिल गर्ने निर्णय गरेको हो ।

यो अवधीमा वडामा अत्यावश्यक काम बाहेक अरु सबै काम ठप्प हुनेछन् । बजार, शिक्षण सस्था, यातायात पूर्ण रुपमा बन्द गर्ने र एक टोल बाट अर्को टोलमा जान नागरिकलाई निषेध गरिएको छ ।

पछिल्लो समय यस वडामा कोरोना परिक्षण गर्दा ५० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । अहिले यस वडामा जना कोरोनाका सक्रिय सक्रमितको संख्या १४ रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता